नुवाकोटमा कृषि उद्यमी व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति

विदुर खबर २०७७ माघ १३ गते २०:०७

नुवाकोट । नुवाकोटमा कृषि उद्यमी,व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति भएको छ ।

Advertisement

सोमवार विदुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट र ग्लोबल आइएमई बैंकको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लामा रहेका कृषि उद्यमी,व्यवसायी र बैंकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति भएको हो । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट रामकृष्ण राजभण्डारीले नुवाकोटमा उद्योग व्यवसायको प्रचुर संभावना भएपनि त्यसको समुचित प्रयोग हुन नसकेको बताए । उनले जिल्लामा व्यवसाय गर्न चाहाने उद्योगी व्यवसायीलाई बैंकले सहुलियत दिएर व्यवसाय प्रर्वद्धनमा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंक तथा वित्तिय संस्थाले उद्यमी र व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्ने भन्दै वास्तविक कृषकहरुलाई आफुहरुले प्राथमिकता दिएर लगानी गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

यस्तै कार्यक्रममा युवा व्यवसायी अमृत तिवारीले र्बैक तथा वितिय संस्थाले काम शुरु नभई धितो नदिएको तथा काम शुरु भएपछि त्रृmण दिने गरेको भन्दै असन्तुष्टि पोखे । उनले त्रृmणको किस्ता व्यवसाय अनुसार फरक गरिनुपर्ने समेत माग गरे । उनले नितिाियम कृषक मैत्रि नभएको भन्दै त्यसलाई सुधार्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा उपस्थिति भएका व्यवसायी तथा उद्यमीहरुले जिल्लामा व्यवसाय गर्ने वातावरण तयार गर्न सराकोरवाला निकायले पनि समन्वयकारी भुमिका खेलिदिनुपर्ने बताएका छन् ।

Advertisement

कार्यक्रममा विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया