नुवाकोटमा कृषि उद्यमी व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति
नुवाकोट । नुवाकोटमा कृषि उद्यमी,व्यवसायी र र्बैकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति भएको छ ।
सोमवार विदुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट र ग्लोबल आइएमई बैंकको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लामा रहेका कृषि उद्यमी,व्यवसायी र बैंकवीच व्यवसाय प्रर्वद्धन गर्ने सहमति भएको हो । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ नुवाकोट रामकृष्ण राजभण्डारीले नुवाकोटमा उद्योग व्यवसायको प्रचुर संभावना भएपनि त्यसको समुचित प्रयोग हुन नसकेको बताए । उनले जिल्लामा व्यवसाय गर्न चाहाने उद्योगी व्यवसायीलाई बैंकले सहुलियत दिएर व्यवसाय प्रर्वद्धनमा सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंक तथा वित्तिय संस्थाले उद्यमी र व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्ने भन्दै वास्तविक कृषकहरुलाई आफुहरुले प्राथमिकता दिएर लगानी गर्ने प्रतिवद्धता जनाए ।
यस्तै कार्यक्रममा युवा व्यवसायी अमृत तिवारीले र्बैक तथा वितिय संस्थाले काम शुरु नभई धितो नदिएको तथा काम शुरु भएपछि त्रृmण दिने गरेको भन्दै असन्तुष्टि पोखे । उनले त्रृmणको किस्ता व्यवसाय अनुसार फरक गरिनुपर्ने समेत माग गरे । उनले नितिाियम कृषक मैत्रि नभएको भन्दै त्यसलाई सुधार्दै लैजानुपर्ने बताए ।
कार्यक्रममा उपस्थिति भएका व्यवसायी तथा उद्यमीहरुले जिल्लामा व्यवसाय गर्ने वातावरण तयार गर्न सराकोरवाला निकायले पनि समन्वयकारी भुमिका खेलिदिनुपर्ने बताएका छन् ।
कार्यक्रममा विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया