नुवाकोटको दुप्चेश्वरमा सुरु भयो नागरिक आरोग्य सेवा केन्द्र

विदुर खबर २०७७ माघ १३ गते १५:५३

नुवाकोट । दुप्चेश्वर गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको सुरुवात भएको छ ।

Advertisement

सोमबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र देविघाटले एक कार्यक्रम आयोजना गदै उक्त सेवा केन्द्रको स्थापना गरेको हो । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष योविन्द्र सिहं तामाङले गरेका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र देविघाटले स्थापना गरेको उक्त केन्द्रबाट नागरिकहरुले निशुल्क आयुर्वेदका आधारभुत औषधिहरु पाउने छन । उक्त सेवाको सुरुवात गाउँपालिकामा भएसंगै नागरिकले आधारभुत आयुर्वेदका सेवा प्राप्त गर्न सक्ने अध्यक्ष तामाङले बताए ।

आयुर्वेदको आधारभुत स्वास्थ्य सेवा दिन सकियोस भन्ने उदेश्यले उक्त कार्यक्रमको सुरुवात गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र देविघाटका कार्यलय प्रमुख डा. रोजीना ताम्राकारले बताए । सेवा केन्द्रबाट आयुर्वेद सम्बन्धी निशुल्क परामर्श , आयुर्वेदका आधारभुत औषधि प्राप्त गर्न सक्ने उनले जानकारी दिए ।

Advertisement

त्यस्तै पुर्व कर्म सेवा पनि सुरु हुने छ । पुर्व कर्म सेवा अन्तर्गत शरिरमा दुखेका अंगहरुमा १० मिनेट सेक्न मिल्ने छ जसबाट शरिरलाई स्वस्थ बनाउन सकिने उनले बताए । उक्त सेवा दुखेका अंग या शरिर भरीनै पनि गर्न सकिन्छ ताम्राकारले भने ।

संघिय सरकार अन्र्तगत सुरु भएको उक्त सेवा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको संयोजकमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका र शिवपुरी गाउँपालीकामा सुरु भएका हो ।

Advertisement

प्रतिक्रिया