नुवाकोटको बेलकोटगढी नगरपालिकाको देवीस्थानमा अज्ञात समुहले २ ओटा डोजरमा आगो लगायो
विदुर खबर
२०७५ साउन ८ गते १:३६
बेलकोटगढी÷ नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ९ देवीस्थानस्थित जिलिङ जोड्ने भित्रि सडकखण्डमा मंगलवार विहान अज्ञात समुहले २ ओटा डोजरमा आगो लगाएको छ ।
आगो लगाइएको डोजर बिदुर नगरपालिका वडा नं. ५ पिपलटारका रामबाबु जिसिको रहेको प्रहरी चौकी तादीले जनाएको छ । डोजरमा आगलागी गर्न ३÷४ जनाको अपरिचित व्यत्तिहरु आएको चालकले बताएका छन । आगलागि गरिएको डोजर कोमात्सु र डोसान कम्पनिको रहेको छ । आगलागिबाट कोमात्सु कम्पनिको डोजरमा पुर्ण रुपमा क्षति पुगेको छ भने डोसान कम्पनिको डोजरमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहर िकार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए ।
घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया