सडकमा बस्दै आएका नुवाकोटका १४ जनाको विभिन्न स्थानबाट उद्धार

विदुर खबर २०७७ माघ ११ गते २०:४८

नुवाकोट । सडक मानव मुक्त राष्ट्र घोषणा २०७८ गर्ने सरकारको नितिलाई सफल बनाउने अभियानको यात्राको क्रममा मेची महाकाली अभियानको क्रममा नुवाकोट आएको मानव सेवा आश्रमको टोलिले मानसिक रुपमा अस्वस्थ्य भई सडकमा बस्दै आएका १४ जनाको नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको छ ।

Advertisement

मानव सेवा आश्रमको राष्ट्रिय मेची महाकाली यात्रा क्रममा आएको टोलिले जिल्लाको विभिन्न स्थानमा रहेका १४ जना बेसहारा, असाहाय, अनाथ, अभिभावकविहिन लगायतका कारण सडकमा आइपुगेका नागरिकहरुको उद्धार गरेको हो । उनीहरुलाई मानव सेवा आश्रमको टोलिले विदुर, बट्टार, तुप्चे, लगायत स्थानको सडकबाट उद्धार गरि काठमाडौँ लगेको हो । उद्धार गरिएका व्यक्तिहरुको औषधोपचार, मनोपरामर्श, परिवारिक पुनर्मिलन लगायतका काम गर्ने टोलिमा समावेश भएका सामाजिक अभियान्ता अजुन भुसालले जानकारी दिए ।

मानव सेवा आश्रमको अभियानलाई सर्मथन गदै आईतवार नुवाकोटको बट्टारदेखि विदुरसम्म सचेतनामुलक नारा सहित ¥याली प्रदर्शन समेत गरिएको थियो । ¥यालीपछि आयोजित कोणसभालाई संवोधन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सडक मानवहरुको उद्धार, उपचार र व्यवस्थापनको लागि स्थानीय तहहरुमा समेत संयन्त्र रहेकोले त्यसलाई प्रभावकारी बनाउनु आवस्यक रहेको बताए ।

Advertisement

कोण सभामा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले उद्धार गरिएका नागरिकहरुलाई काठमाडौसम्म पुराउन सवारीसाधनको व्यवस्थापन नगरपालिकाले गरेको बताए । मेयर पण्डितले सडक मानव उद्धारको साथै गास बास र कपासको लागि आवस्यक सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया