ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड-माधव समूहको निर्णय
विदुर खबर
२०७७ माघ ११ गते १९:४४

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत निष्काशन गर्ने निर्णय गरेको छ ।
आइतबार पाटी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । ओलीले पार्टीको नीति विपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ गते बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने रु भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही बमोजिम माघ ५ गते उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए ।
ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको ताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया