नुवाकोटमा थपिए २० जना कोरोना संक्रमित
नुवाकोट । नुवाकोटका थप २० जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६१ जनाको पिसिआर परिक्षण गरिएकोमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमतिमहरु विदुर नगरपालिकाका ९ जना, बेलकोटगढी नगरपालिकाका र पन्चकन्या र लिखु गाउँपालिकाका एकएक जना रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार एक सय १३ पुगेको छ । यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । उनीहरु सबै होम आइसोलसनमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार २४ पुगेको छ । नुवाकोटमा हालसम्म ८ हजार ८ सय ९७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कोरोनको कारण नुवाकोटमा हालसम्म एक जनाको ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया