देशभर पश्चिमी वायुको सामान्य प्रभाव, पहाडी भूभागमा वर्षाको सम्भाव

विदुर खबर २०७७ माघ १० गते १०:३४

नुवाकोट । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

सुदुर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र तराई भू-भागहरु हुसु्रकुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । आज दिउँसो सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

यस्तै, राती सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

Advertisement

देशको उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्रकुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया