संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

विदुर खबर २०७७ माघ ८ गते १७:२३

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले आज नुवाकोटको ८८ वटै वडामा विरोध प्रर्दशन गरेको छ ।

Advertisement

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले आज केन्द्रिय कार्यालयको निर्देशनमा सबै वडामा विरोध प्रर्दशन गरेको हो । विदुर नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ को संयुत्त आयोजनामा भएको विरोध कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा पुर्व संविधानसभा सदस्य समेत रहेका जगदिश्वरनरसिंह केशी लगायतको उपस्थिति रहेको थियो ।

विरोधसभामा सम्बोधन गर्दे जिल्ला सभापति जगदिश्वरनरसिंह केशीले जनताले चुनेको प्रतिनिधिसभा एक व्यक्तिको सनकमा भंग हुन नसक्ने बताए । उनले प्रधानमन्त्रि केपी शर्मा ओलीलाई संविधानको कुनैपनि धारा र उपधाराले संसद विघटनको अधिकार नदिएको भन्दै ओली प्रतिगमन उन्मुख भएको आरोप लगाए ।

Advertisement

प्रदर्शनमा सामान्य रुपमा मात्र जनसहभागिता रहेको थियो । नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ । विरोध प्रर्दशनमा केपी सरकार मुर्दावाद,भष्ट्राचारीलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया