संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने

विदुर खबर २०७७ माघ ७ गते १९:३७

नुवाकोट । प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि बिहीवार देशभर प्रर्दशन गर्ने भएको छ ।

Advertisement

प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएकोस)सद विघटनविरु नेपाली कांग्रेसले ६,७४३ वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ । कांग्रेसले भोलि हुने वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपील गरेको छ ।

Advertisement

प्रर्दशनमा पार्टीको सबै तहका लोकतन्त्रवादीहलाईविरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न कांग्रेसले सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया