नुवाकोटमा आज ९ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ माघ ६ गते १७:२०

नुवाकोट । नुवाकोटमा आज थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका १९ जनाको पिसिआर परिक्षण हुँदा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार थपिएका कोरोना संक्रमितमध्ये ७ जना पुरुष र २ महिला रहेका छन् । आज भेटिएका संक्रमितमध्ये विदुर र बेलकोटगढी नगरपालिकाका समान दुई÷दुई पुरुष, तादी गाउँपालिकाका समान २ पुरुष र २ महिला र किस्पाङ गाउँपालिकाका एक पुरुष रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमतिको संख्या एक हजार ८२ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । उनीहर सबै होम आइसोलेसनमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । यस्तै हालसम्म नुवाकोटका एकहजार २० जना कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

नुवाकोटमा हालसम्म ८ हजार ८ सय २ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा हालसम्म कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया