नुवाकोटमा आज भेटिए १४जना कोरोना संक्रमित

विदुर खबर २०७७ माघ ५ गते २०:३५

नुवाकोट । नुवाकोटमा आज थप १४ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार भेटिएका संक्रमितमध्ये १३ जना विदुर नगरपालिकाका छन् भने एकजना बेलकोटगढी नगरपालिकाका रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितहरुको संख्या एकहजार ७३ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यस्तै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजा २० पुगेको छ ।

Advertisement

हालसम्म नुवाकोटमा ८ हजार ७ सय ८३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया