नुवाकोटमा कोरोना संक्रमितको दर घट्दै

विदुर खबर २०७७ माघ ४ गते २०:११

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमित दैनिक रुपमा घट्दै गएका छनु ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या दैनिक रुपमा घट्दै गएपछि जिल्लामा सक्रिय कोरोना संक्रमितको सख्यामा समेत कमि आएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३८ मा झरेको छ । नुवाकोटमा हाल कोरोना संक्रमितको संख्या एक हजार ५९ पुगेको छ भने कोरोना निको भएर घर फर्कनेको संख्या एक हजार २० पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा हालसम्म ८ हजार ७ सय ६७ जनाको पिसिआर परिक्षण गरिएको छ । कोरोनाको कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया