नुवाकोटमा भोलि कांग्रेसको शत्ति प्रर्दशन, डा. रामशरण महतले सम्बोधन गर्दे
नुवाकोट । प्रधानमनित्र के.पी शर्मा ओलिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस नुवाकोटको सबै स्थानिय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।
यसै क्रममा नेपाली कांग्रेस नुवाकोटले पनि जिल्लाको विभिन्न स्थानिय तहमा विरोध कार्यक्रमा आयोजना गरेको छ । नेपाली कांग्रेस विदुर र बेलकोटगढी नगरपालिकाले विदुर ५ देविघाटमा संयुत्त रुपमा विरोध कार्यक्रम आयोजना गरेको छ ।
देविघाटमा आयोजना गरिएको विरोध कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वअर्थमन्त्रि डा.रामशरण महत, केन्द्रिय सदस्य अर्जुननरसिंह केशी,प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा र नेपाली कांग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केशीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै डा. रामशरण महतले दुप्चेश्वर गाउँपालिकाले आयोजना गरेको विरोध सभामा समेत संँबोधन गर्ने कार्यक्रम रहेको छ । नुवाकोटमा कांग्रेसको विरोध सभामा केन्द्रिय नेताहरुले सम्बोधन गर्नेभएपछि नुवाकोटको राजनिति पछिल्लो दिनमा तात्न थालेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया