नुवाकोटमा भोलि कांग्रेसको शत्ति प्रर्दशन, डा. रामशरण महतले सम्बोधन गर्दे

विदुर खबर २०७७ माघ २ गते २०:४१

नुवाकोट । प्रधानमनित्र के.पी शर्मा ओलिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस नुवाकोटको सबै स्थानिय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।

Advertisement

यसै क्रममा नेपाली कांग्रेस नुवाकोटले पनि जिल्लाको विभिन्न स्थानिय तहमा विरोध कार्यक्रमा आयोजना गरेको छ । नेपाली कांग्रेस विदुर र बेलकोटगढी नगरपालिकाले विदुर ५ देविघाटमा संयुत्त रुपमा विरोध कार्यक्रम आयोजना गरेको छ ।

देविघाटमा आयोजना गरिएको विरोध कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वअर्थमन्त्रि डा.रामशरण महत, केन्द्रिय सदस्य अर्जुननरसिंह केशी,प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा र नेपाली कांग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केशीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

यस्तै डा. रामशरण महतले दुप्चेश्वर गाउँपालिकाले आयोजना गरेको विरोध सभामा समेत संँबोधन गर्ने कार्यक्रम रहेको छ । नुवाकोटमा कांग्रेसको विरोध सभामा केन्द्रिय नेताहरुले सम्बोधन गर्नेभएपछि नुवाकोटको राजनिति पछिल्लो दिनमा तात्न थालेको छ ।

प्रतिक्रिया