नुवाकोटको वेत्रावतिमा यसरी जुधे ५ हल गोरु (फोटो फिचर)
वेत्रावति । नुवाकोटको विदुर नगरपालिका वडा नंं. १० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावतीको ढाँडेवगरमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहेको छ ।
यस वर्ष माघे संक्रान्ति मेलामा कोरोना भाइरसको कारण ५ हल मात्र गोरु जुधाइएको छ । गोसाकुण्ड युवा कल्वका अध्यक्ष ज्ञानकुमार डंगालले कोरोना महामारीका कारण बढी भिडभाड हुने भएकोले यो वर्ष ५ हल मात्र गोरु जुधाईएको बताए ।
गोसाइकुण्ड युवा क्लवले विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको भएको व्यापार सन्धीको खुसियालीमा आयोजना गरिएको गोरु जुधाई मेलालाई संस्कृति र परम्परा धान्नको लागि निरन्तरता दिँदै आएको छ ।
त्यस्तै विगत ९ वर्षदेखि गोरु जुधाउँदै सातपटक विजेत बनेका विदुर नगरपालिका वडा नं १० का पुर्णबहादुर डंगोलले गोरु जुधाउन आयोजकले सहयोग गरेको बताए । उनले पछिल्लो समय गोरु जुधाउने परम्परा कायम जोगाउन युवापुस्ता सक्रिय रहेको बताए ।
यस्तै विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले नेपालको ऐतिहासिक पर्वको रुपमा रहेकोले आफुहरुले प्रत्येक वर्ष व्यवस्थापन गरिरहेको बताए । उनले यस वर्पलाई आफुहरुले अपनत्व लिएर सहयोग गरिरहेको बताए ।
यस्तै गोसाईकुण्ड युवा क्लबका संस्थापक अध्यक्ष अष्टमान डंगोलल कोरोना महामारीका कारण नुवाकोटको वेत्रावतिमा ५ हल मात्र गोरु जुधाइएको बताए । उनले आगामी दिनमा क्लबले सबैको सहयोग लिएर नियमित रुपमा गोरु जुधाउने कार्यक्रम जारी राख्ने बताए ।
अघिल्लो वर्ष २० हजार भन्दा बढीले मेला अवलोकन गरेकोमा यसपटक करिव ५ हजार भन्दा वढीको दर्शकको सहभागिता रहेको आयोजक गोसाईकुण्ड युवा कल्वले जनाएको छ ।
पछिल्लो समय नुवाकोटमा गोरु जुधाउने पर्वको रुपमा परिचित माघेसंक्रान्ति मेलामा जिल्लाबाट मात्र नभर्ई काठमाण्डौ उपत्यका सहित आन्तरिक र वाह्य पर्यटक समेत मेलाको अवलोकनकोृ लागि यहाँ आउने गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया