नुवाकोटको वेत्रावतिमा यसरी जुधे ५ हल गोरु (फोटो फिचर)

विदुर खबर २०७७ माघ १ गते २१:०५

वेत्रावति । नुवाकोटको विदुर नगरपालिका वडा नंं. १० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावतीको ढाँडेवगरमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहेको छ ।

Advertisement

यस वर्ष माघे संक्रान्ति मेलामा कोरोना भाइरसको कारण ५ हल मात्र गोरु जुधाइएको छ । गोसाकुण्ड युवा कल्वका अध्यक्ष ज्ञानकुमार डंगालले कोरोना महामारीका कारण बढी भिडभाड हुने भएकोले यो वर्ष ५ हल मात्र गोरु जुधाईएको बताए ।

गोसाइकुण्ड युवा क्लवले विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको भएको व्यापार सन्धीको खुसियालीमा आयोजना गरिएको गोरु जुधाई मेलालाई संस्कृति र परम्परा धान्नको लागि निरन्तरता दिँदै आएको छ ।

Advertisement

त्यस्तै विगत ९ वर्षदेखि गोरु जुधाउँदै सातपटक विजेत बनेका विदुर नगरपालिका वडा नं १० का पुर्णबहादुर डंगोलले गोरु जुधाउन आयोजकले सहयोग गरेको बताए । उनले पछिल्लो समय गोरु जुधाउने परम्परा कायम जोगाउन युवापुस्ता सक्रिय रहेको बताए ।

यस्तै विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले नेपालको ऐतिहासिक पर्वको रुपमा रहेकोले आफुहरुले प्रत्येक वर्ष व्यवस्थापन गरिरहेको बताए । उनले यस वर्पलाई आफुहरुले अपनत्व लिएर सहयोग गरिरहेको बताए ।

Advertisement

यस्तै गोसाईकुण्ड युवा क्लबका संस्थापक अध्यक्ष अष्टमान डंगोलल कोरोना महामारीका कारण नुवाकोटको वेत्रावतिमा ५ हल मात्र गोरु जुधाइएको बताए । उनले आगामी दिनमा क्लबले सबैको सहयोग लिएर नियमित रुपमा गोरु जुधाउने कार्यक्रम जारी राख्ने बताए ।

अघिल्लो वर्ष २० हजार भन्दा बढीले मेला अवलोकन गरेकोमा यसपटक करिव ५ हजार भन्दा वढीको दर्शकको सहभागिता रहेको आयोजक गोसाईकुण्ड युवा कल्वले जनाएको छ ।

पछिल्लो समय नुवाकोटमा गोरु जुधाउने पर्वको रुपमा परिचित माघेसंक्रान्ति मेलामा जिल्लाबाट मात्र नभर्ई काठमाण्डौ उपत्यका सहित आन्तरिक र वाह्य पर्यटक समेत मेलाको अवलोकनकोृ लागि यहाँ आउने गरेका छन ।

प्रतिक्रिया