Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटमा ३१ हल गोरु जुधाइयो

प्रकाशित मिती: १ माघ २०७७, बिहीबार १७:०९

नुवाकोट÷माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ३१ हल गोरु जुधाइएको छ ।

जिल्लाको तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ र शिवपुरी गाउँपालिका–५, शेराबगरमा गरि ३१ हल गोरु जुधाइएको हो ।

तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा १७ हल गोरु जुधाइएको छ । बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनको लागि केन्द्रित रहेर व्यवस्थित रुपमा गोरु जुधाई पर्वको रुपमा मनाउँदै आएका छन्। बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलार्ई मनोरञ्जन दिन जुधाइएको गोरुलाई स्थानीयवासीले निरन्तरता दिँदै अहिले संस्कृति, परम्परा र पर्यटन प्रबर्द्धनसंग जोडेर व्यवस्थित रुपमा निरन्तरता दिँदै आएका छन ।

त्यस्तै विदुर नगरपालिका वडा नंं. १० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावतीको ढाँडेवगरमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहेको छ । यस वर्ष माघे संक्रान्ति मेलामा कोरोना भाइरसको कारण ५ हल मात्र गोरु जुधाइएको छ । गोसाकुण्ड युवा कल्वका अध्यक्ष ज्ञानकुमार डंगालले कोरोना महामारीका कारण बढी भिडभाड हुने भएकोले यो वर्ष ५ हल मात्र गोरु जुधाईएको बताए । गोसाइकुण्ड युवा क्लवले विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको भएको व्यापार सन्धीको खुसियालीमा आयोजना गरिएको गोरु जुधाई मेलालाई संस्कृति र परम्परा धान्नको लागि निरन्तरता दिँदै आएको छ ।

त्यस्तै विगत ९ वर्षदेखि गोरु जुधाउँदै सातपटक विजेत बनेका विदुर नगरपालिका वडा नं १० का पुर्णबहादुर डंगोलले गोरु जुधाउन आयोजकले सहयोग गरेको बताए । उनले पछिल्लो समय गोरु जुधाउने परम्परा कायम जोगाउन युवापुस्ता सक्रिय रहेको बताए । यस्तै विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले नेपालको ऐतिहासिक पर्वको रुपमा रहेकोले आफुहरुले प्रत्येक वर्ष व्यवस्थापन गरिरहेको बताए । उनले यस वर्पलाई आफुहरुले अपनत्व लिएर सहयोग गरिरहेको बताए ।

यस्तै गोसाईकुण्ड युवा क्लबका संस्थापक अध्यक्ष अष्टमान डंगोलल कोरोना महामारीका कारण नुवाकोटको वेत्रावतिमा ५ हल मात्र गोरु जुधाइएको बताए । उनले आगामी दिनमा क्लबले सबैको सहयोग लिएर नियमित रुपमा गोरु जुधाउने कार्यक्रम जारी राख्ने बताए ।

अघिल्लो वर्ष २० हजार भन्दा बढीले मेला अवलोकन गरेकोमा यसपटक करिव ५ हजार भन्दा वढीको दर्शकको सहभागिता रहेको आयोजक गोसाईकुण्ड युवा कल्वले जनाएको छ । पछिल्लो समय नुवाकोटमा गोरु जुधाउने पर्वको रुपमा परिचित माघेसंक्रान्ति मेलामा जिल्लाबाट मात्र नभर्ई काठमाण्डौ उपत्यका सहित आन्तरिक र वाह्य पर्यटक समेत मेलाको अवलोकनकोृ लागि यहाँ आउने गरेका छन ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
नेपाली कांग्रेसकी नेतृ गिता अमात्यद्धारा रिमाललाई स्वास्थ्य सामाग्रि वितरण
संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड
जानकी माविद्धारा समाजसेवी शुशील खड्का सम्मानित
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com