रसुवागढीको सुरुङ निर्माण ९५ प्रतिशत काम पूरा
रसुवा÷उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माणको ९५ प्रतिशच सकिएको छ ।
आयोजना प्रमुख छवि गैरेले हेड्रेस, पेनस्टक, टेलरेस सुरुङ र विद्युतगृह समेतका स्थानमा निर्माण गर्नुपर्ने करीब नौ किमी सुरुङमध्ये ९५ प्रतिशत काम पूरा भएको बताएका छन । बाँकी सुरुङ निर्माणको काम द्रुत गतीमा भइरहेको आयोजनाले जनाएको छ । सुरुङ निर्माणको साथसाथै भारी वर्षालाई प्रवाह नगरी रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने तथा विद्युत्गृहमा उपकरण जडानको प्रक्रिया अगाडि बढिसकेको छ ।
सन् २०२० को फेब्रुअरी निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारणमा विद्युत् पठाउन आयोजनाका ३३ प्राविधिक, चिनियाँ २४५ लगायत ७०० कामदार कार्यरत अहिले दिनरात नभनि काम गरिररहेको कम्पनीले जनाएको छ ।
बाहिरी भागमा भोटेकोशीको बाँध मात्र देखिने र ठूल्ठूला डिसेन्डर पोखरीसमेतका संरचना भूमिगत रहने, रसुवागढी हाइड्रोपावरको हेडरेस सुरुङको लम्बाई चार हजार २०२ मिटर पेनस्टक १३३ र टेलरेस सुरुङको दूरी ७१३ मिटर रहेको छ । तीमध्ये पानी ल्याउने हेडरेस सुरुङको काम भने १४० मिटर मात्र बाँकी रहेको छ । काममा संलग्न प्राविधिक र ठेकेदार कम्पनी सिडब्लुई चाइनाले रेडरेस सुरुङ निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको छ । सम्रगमा रसुवागढीको काम ६७ प्रतिशत पूरा भएको छ ।
वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट अर्थात् १११ मेगावाट विद्युत् उत्पादन हुने र उक्त आयोजनाको लागत रु १३ अर्ब ६४ करोड ४० लाख रहेको आयोजनाले जनाएको छ । हेडरेस सुरुङको सहायाताले विद्युतगृहमा ८० घनमिटर पानी पु¥याई त्यहाँ जडान हुने तीनवटा टर्वाइन प्रत्येक टर्वाइनमा प्रतिसेकेन्ड २६ दशमलब ६७ घनमिटर पानी पठाइने साइट इन्चार्ज इन्जिनियर गौतम खडकाले बताए । सन् २०१४ देखि निर्माण शुरु भएको रसुवागढी विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, भूकम्प, टिमुरे–स्याफ्रुखण्डको लिङलिङ सडकमा पहिरोका कारण निर्माणको अवधि दुई वर्ष लम्बिन गएको र अबको काम भने निर्धा्रित समयमै सम्पन्न गर्ने दृढ अठोट लिई उत्साहित तवरले सबै प्राविधिक अगाडि बढिरहेको आयोजना प्रमुख गैरेले बताए ।
रसुवागढी आयोजनाको निर्माणमा सहजीकरणका लागि कर्मचारी सञ्चयकोषले रु छ अर्ब ८४ करोड ऋण प्रवाह गरेको र रु छ अर्ब ८४ करोड भने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवाका स्थानीय तह र रसुवावासी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र सर्वसाधरणको शेयर रहने बताउँदै रसुवागढीका प्रबन्ध निर्देशक माधव कोइरालाले विद्युत् उत्पादन भएको १० वर्ष्भित्र आयोजना निर्माणमा लिएको ऋण चुक्ता गरिसक्ने बताए । विद्युत् प्रतियुनिट पुस, माघ, फागुन र चैतमा आठ रुपैयाँ ४० पैसा तथा अन्य महिनामा चार रुपैयाँ ८० पैसाको दरले बिक्री हुने भएकाले वार्षिक रु तीन अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य राखिएको प्रबन्ध निर्देशक कोइरालाले बताएका छन । विद्युत् शेयर खरिदकर्ताले शेयर पाएको तीन वर्ष नपुगेसम्म बिक्री वितरण गर्न नपाउने विद्युत् उत्पादन गर्न अब दुई वर्ष लाग्ने र अहिलेको विद्युत् शेयर खरिदकर्तालाई भने विद्युत् उत्पादन भएको एकवर्ष पछि नै दरभाउ बढेको बेला बिक्री वितरण गर्न सहज हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया