मेरो माइक्रोफाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन

विदुर खबर २०७७ पुष २९ गते ८:३०

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पौष २८ गते सम्पन्न अाठाै वार्षिक साधारण सभाले चुक्ता पूँजीको १६.९४ प्रतिशत बोनश शेयर र ०.८९२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।

Advertisement

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा ज्ञानुकृष्ण अधिकारी र बद्री प्रसाद पुडासैनी निर्बिरोध चयन गरेको छ ।
९ वटा प्रबर्द्धित बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

लघुवित्तका अध्यक्ष सञ्जिब मानन्धरले संस्था सञ्चालनको सातौं वर्षमा संस्थाले ५ अर्ब ८४ करोड ऋण लगानी गरी १८ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताए । हाल चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले बोनस शेयर वितरण पश्चात १ अर्ब कायम भएको बताए ।

Advertisement

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको  माइक्रोफाइनान्सले हाल १२० शाखा कार्यालयमार्फत ५९ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले १ लाख २५ हजार भन्दा बढी विपन्न घर परिवारलाई लघुवित्तीय सेवा दिइरहेको छ।

प्रतिक्रिया