नुवाकोटको ककनीमा वसको ठक्करबाट एकजनाको ज्यान गयो

विदुर खबर २०७७ पुष २८ गते १६:१८
सूचक फोटो

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–४ निहाले डाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

Advertisement

मोटसाइकल चालक ककनी गाउँपालिका–२ बस्ने ३४ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

तामाङ सवार ३ – ०२ – ००९ प २८५० नम्बरको मोटरसाइकललाई ना. २ ख ८९४७ नम्बरको बसले हिजो दिउँसो ठक्कर दिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement

प्रतिक्रिया