Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटमा माघे संक्रान्तिकाे दिन ३१ हल गोरु जुधाइने

प्रकाशित मिती: २८ पुष २०७७, मंगलवार ०९:०६

नुवाकोट।  नुवाकोटको विभिन्न स्थानमा यस वर्षको माघे संक्रान्तिमा ३१ हल गोरु जुधाइने भएको छ ।  सोमबारसम्म जिल्लाका चार स्थानमा गोरु जुधाउने कार्यक्रम राखिएको आयोजकहरुले जनाएका छन् ।

तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ र शिवपुरी गाउँपालिका–५, शेराबगरमा माघ १ गते गोरु जुधाउने मेला सञ्चालन हुन लागेको हो । चार स्थानमा गरी हालसम्म ३१ हल गोरु जुधाउनको लागि किसानहरुले दर्ता गरेका छन् । तारुकाको गोरु जुधाउने मेला आयोजक संस्था माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले सोमबार विदुरमा पत्रकार सम्मेलन गरी १७ हल गोरु जुधाउनको लागि किसानहरुले दर्ता गरेको जानकारी दिएको छ ।

२०६२ सालबाट व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको तारुकामा यो वर्ष कोरोनाको कहरबीच पनि भव्य रूपमा मेला सञ्चालन गर्ने योजना बनाइएकाे मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडाअध्यक्ष सूर्यमान श्रेष्ठले बताए ।  यो क्षेत्रमा गोरु जुधाउने परम्परा पुरानो भए पनि एकैस्थानमा गाउँभरिका गोरु भेला पारेर जुधाउने चलन तारुकामा पछिल्लो १६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको वडाअध्यक्ष श्रेष्ठको भनाई छ ।  गोरु जुधाईलाई संस्कृतिको रुपमा विकास गरेको तारुकामा माघे संक्रान्तिमा गोरु जुधाउनै भनेर किसानहरुले गोरुलाई पोषिलो घाँस, अन्न, अण्डा खुलाएर पाल्ने गरेको स्थानीय शिक्षक जनकराज ढुंगानाले बताए । तारुकाले गोरु जुधाईको पहिचान बनाएपछि जिल्लाका अन्यत्र स्थानमा पनि गोरु जुधाउने क्रम बढेको छ ।

विदुर नगरपालिका–१० बेत्रावतीमा यो वर्ष चार हल मात्र गोरु जुधाइने क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए । कोरोनाका कारण धेरै प्रचार प्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै संख्यामा गोरु जुधाइने योजना बनाइएको उनको भनाई छ । आयोजकका अनुसार बेत्रवतीमा विजेता गोरु धनी किसानलाई ५ हजार नगद र दोस्रो गोरुधनी किसानलाई  ४ हजार पुरस्कारको व्यवस्था गरिएको छ । बेत्रावतीमा पछिल्लो ११ वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ ।

यस्तै, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा ६ हल गोरु जुधाइने आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताए । विजेता तथा सहभागी गोरुका धनीहरुलाई रु. १५, १० र ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ ।

यस्तै, तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको शिवपुरी गाउँपालिका–५, शेराबगरमा यो वर्ष चार हल गोरु जुधाइने भएको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले बताए ।

गत वर्षदेखि गोरु जुधाउन मेला सञ्चालन गर्न थालिएको तादी गाउँपालिकाको सातविसेमा यो वर्ष पनि गोरु जुधाउने योजना रहे पनि गोरुको संख्या भने एकिन नभएको आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
नेपाली कांग्रेसकी नेतृ गिता अमात्यद्धारा रिमाललाई स्वास्थ्य सामाग्रि वितरण
संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड
जानकी माविद्धारा समाजसेवी शुशील खड्का सम्मानित
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com