संसद विघटन असंवैधानिक कदम : नारायण खतिवडा

विदुर खबर २०७७ पुष २६ गते २०:४१

नुवाकोट । प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडाले प्रधाननमन्त्रि केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

Advertisement

आईतवार नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा आयोजित पुस ५ को संसद विघटन किन असंवैधानिक हो ? भन्ने नागरिक सुनुवाई कार्यक्रममा बोल्दै सांसद खतिवडाले २०७२ सालको संविधानको कुनैपनि धारामा प्रधानमन्त्रिले संसद विघटन गर्ने कुरा उल्लेख नगरेको भन्दै प्रधानमन्त्रिले विदेशीको साहारामा संसद विघटन गरेको आरोप लगाए । उनले सर्वाेच्च अदालतमा संसद विघटनविरुद्ध मुदा दर्ता भइसकेको भन्दै संसद पुर्नस्थापना हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल वार एसोसियसनका केन्द्रिय कार्यकारणी सदस्य उत्तम घिमिरेले प्रधानमनित्रले असंवेधानिक कमदमार्फत संसद विघटन गरेको बताए । उनले रााष्ट्रपति विद्या भण्डारीले अध्यादेशलाई जस्ताको तस्तै लालमोहर लगाएर संविधानलाई कुल्चिने काम गरेको बताए ।
कार्यक्रममा नुवाकोट वार एसोसियसनका सहसचिव गरिमा पाण्डे, नेतृ उषा किरण र अनेरास्ववीयु नुवाकोटका सहसंयोजक विनोद कोइरालाले प्रधानमनित्रले असंवैधानिक कदममार्फत संसद विघटन गरेकोले त्यसको प्रतिकार गर्दे सडक प्रर्दशनलाई निरन्तरता दिई खबरदारी गर्नुपर्ने बताए ।

Advertisement

कार्यक्रममा नेकपा प्रचण्ड–माधव नेपाल समुहका नेता वुद्धि प्रधान, विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियने । कार्यक्रमलाई लिएर बट्टार क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया