संसद विघटन असंवैधानिक कदम : नारायण खतिवडा
नुवाकोट । प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडाले प्रधाननमन्त्रि केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।
आईतवार नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा आयोजित पुस ५ को संसद विघटन किन असंवैधानिक हो ? भन्ने नागरिक सुनुवाई कार्यक्रममा बोल्दै सांसद खतिवडाले २०७२ सालको संविधानको कुनैपनि धारामा प्रधानमन्त्रिले संसद विघटन गर्ने कुरा उल्लेख नगरेको भन्दै प्रधानमन्त्रिले विदेशीको साहारामा संसद विघटन गरेको आरोप लगाए । उनले सर्वाेच्च अदालतमा संसद विघटनविरुद्ध मुदा दर्ता भइसकेको भन्दै संसद पुर्नस्थापना हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल वार एसोसियसनका केन्द्रिय कार्यकारणी सदस्य उत्तम घिमिरेले प्रधानमनित्रले असंवेधानिक कमदमार्फत संसद विघटन गरेको बताए । उनले रााष्ट्रपति विद्या भण्डारीले अध्यादेशलाई जस्ताको तस्तै लालमोहर लगाएर संविधानलाई कुल्चिने काम गरेको बताए ।
कार्यक्रममा नुवाकोट वार एसोसियसनका सहसचिव गरिमा पाण्डे, नेतृ उषा किरण र अनेरास्ववीयु नुवाकोटका सहसंयोजक विनोद कोइरालाले प्रधानमनित्रले असंवैधानिक कदममार्फत संसद विघटन गरेकोले त्यसको प्रतिकार गर्दे सडक प्रर्दशनलाई निरन्तरता दिई खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा प्रचण्ड–माधव नेपाल समुहका नेता वुद्धि प्रधान, विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियने । कार्यक्रमलाई लिएर बट्टार क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया