नुवाकोटका ९ सय ९५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ पुष २६ गते १९:४३

नुवाकोट । नुवाकोटका ९ सय ९५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ९ सय ९५ पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनसार हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । हालसम्म जिल्लामा एक हजार ३९ जना कोरोना संक्रमित भेटिएको खनालले बताए ।

Advertisement

हालसम्म नुवाकोटका ८ हजार ६ सय ८३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया