नेकपा नुवाकोट विवाद : अनेरास्ववीयु नुवाकोटका सहसंयोजक कोइराला हटाइए
विदुर खबर
२०७७ पुष २५ गते १८:१२
नुवाकोट । नेकपा नुवाकोटमा देखिएको विवाद भातृ संगठन अनेरास्ववीयुमा पनि देखिएको छ ।
यसअघि जिल्ला तहमा देखिएको विवाद अब सार्वजनिक रुपमै भातृ संगठनहरुमा समेत देखिएको छ । शनिवार ओलि समुहका विद्यार्थी संगठनले विदुरमा एक कार्यक्रमको आयोजना गरि प्रचण्ड माधव समुहका तर्फबाट जिल्ला सहसंयोजक रहेका विनोद कोइरालालाई पदिय जिम्मेवारी ख्याल नगरी अराजक गतिविधि गरेको र अनुशासन विपरित काम गरेको भन्दै अनेरास्ववियु नुवाकोट जिल्ला कमिटिको सम्पुर्ण जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
यसअघि जिल्लामा नेकपाको ओलि र प्रचण्ड माधव नेपाल समुहको गुट भेला भएपनि जिल्लामा पहिलोपटक विद्यार्थिहरुको गुट भेला आयोजना गरिएको हो । उनको कारवाहीको विषयमा केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको अनेरास्ववीयु नुवाकोटका संयोजक दाहालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया