नेकपा नुवाकोट विवाद : अनेरास्ववीयु नुवाकोटका सहसंयोजक कोइराला हटाइए

विदुर खबर २०७७ पुष २५ गते १८:१२

नुवाकोट । नेकपा नुवाकोटमा देखिएको विवाद भातृ संगठन अनेरास्ववीयुमा पनि देखिएको छ ।

Advertisement

यसअघि जिल्ला तहमा देखिएको विवाद अब सार्वजनिक रुपमै भातृ संगठनहरुमा समेत देखिएको छ । शनिवार ओलि समुहका विद्यार्थी संगठनले विदुरमा एक कार्यक्रमको आयोजना गरि प्रचण्ड माधव समुहका तर्फबाट जिल्ला सहसंयोजक रहेका विनोद कोइरालालाई पदिय जिम्मेवारी ख्याल नगरी अराजक गतिविधि गरेको र अनुशासन विपरित काम गरेको भन्दै अनेरास्ववियु नुवाकोट जिल्ला कमिटिको सम्पुर्ण जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

यसअघि जिल्लामा नेकपाको ओलि र प्रचण्ड माधव नेपाल समुहको गुट भेला भएपनि जिल्लामा पहिलोपटक विद्यार्थिहरुको गुट भेला आयोजना गरिएको हो । उनको कारवाहीको विषयमा केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको अनेरास्ववीयु नुवाकोटका संयोजक दाहालले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया