नुवाकोटमा अनेरास्ववीयुको जिल्ला सम्मेलन आयोजक कमिटि गठन

नुवाकोट । नेपाल कम्युनिष्ट पाटी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववीयु नुवाकोटको जिल्ला सम्मेलन गर्न आयोजक कमिटि गठन गरिएको छ ।
शनिवार बसेको अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी भेलाले बिष्णु दाहालको संयोजकत्वमा ९९ सदस्यीय अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण गरेको हो । जसमा ९ सदस्यीय कार्यलय सदस्य र ३३ सदस्यीय सचिवालय गठन गरिएको अनेरास्ववीयु नुवाकोटका संयोजक विष्णु दाहालले जानकारी दिए ।
यस्तै बैठकले पदिय जिम्मेवारी ख्याल नगरी अराजक गतिविधि गरेको र अनुशासन विपरित काम गरेको भन्दै संह संयोजक बिनोद कोइरालालाई अनेरास्ववियु नुवाकोट जिल्ला कमिटिको सम्पुर्ण जिम्मेवारीबाट बर्खास्त गर्दै थप कार्बाहिको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको संयोजक दाहालले जानकारी दिए ।
यस्तै बैठकले सरकारले घोषणा गरेको बैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचनमा प्रधानमन्त्री केपि वलि नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा ) पक्षमा आवश्यक माहोल सृजना गने समेत बैठकले निर्णय गरेको दाहालले जानकारी दिए ।
प्रतिक्रिया