नुवाकोटमा सक्रिय कोरोना संक्रमित घट्दै

विदुर खबर २०७७ पुष २४ गते १६:२८

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या दैनिक घट्दै गएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो दिनहरुमा जिल्लामा कोरोना संक्रमित घट्दै गएपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्न थालेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यो समाचार तयार पार्दासम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

यस्र्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएको कार्यालयको भनाई रहेको छ । यससँगे नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ९ सय ८४ पुगेको छ । यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ३६ पुगेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

Advertisement

हालसम्म नुवाकोटका ८ हजार ६ सय ५२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया