बट्टार क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाए

विदुर खबर २०७७ पुष २४ गते ११:०२

नुवाकोट । नुवाकोट आर्दश बहुमुहखी क्याम्पसमा विद्यार्थीहरुले ताला लगाएका छन् ।

Advertisement

विद्यार्थीहरुले सकारले जारी गरेको लकडाउनको समयको मासिक शुल्क छुट गराउनुपर्ने माग गर्दे क्याम्पस प्रमुख भोलाप्रसाल पाण्डेको कार्यकक्षमा ताला लगाएका हुन् । विद्यार्थीहरुले कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु मारमा परेकोले लकडाउनको समयको मासिक शुल्क मिनाह गर्न बारम्बार क्याम्पस प्रमुख पाण्डेसँग आग्रह गर्दा समेत माग पुरा नभएको भन्दै ताला लगाएको बताएका छन् ।

विद्यार्थीहरुले लकडाउनको करिव ६ महिनाको अवधीको शुल्क मिनाहा नगरेसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कक्षमा लगाएको तालाको विषयमा अनेरास्वीयु नुवाकाटे आर्दश बहुमुखी क्याम्पस कमिटिले समेत सर्मथन गरेको छ ।

Advertisement

प्रतिक्रिया