नुवाकोटमा आज ९ जना कोरोना संक्रमित निको भए
विदुर खबर
२०७७ पुष २३ गते १९:५५

नुवाकोट । नुवाकोटमा आज ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ९ सय ७६ पुगेको छ ।
यस्तै आज नुवाकोटमा आज २ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजा ३६ पुगेको छ ।
नुवाकोटमा हालसम्म ८ हजार ५ सय ५२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया