एकीकरण पदयात्रा नुवाकोट आइपुग्यो

विदुर खबर २०७७ पुष २३ गते १९:२८

नुवाकोट । एकीकरण पदयात्राको टोली बिहीबार नुवाकोट आइपुगेको छ ।

Advertisement

गोरखा,धादिङ हुँदै पदयात्राको लागि नेपाली सेनाको टोली आज नुवाकोट आइपुगेको हो । गोरखाबाट धादिङको आरुघाट, भ¥याङभुरुङ हुँदै आएको सेनाको टोलीले एकीकरण निशान र झण्डा ल्याएको थियो । उनीहरुलाई स्थानिय जनप्रतिनिधि र नुवाकोटको स्थानिय क्षेत्रमा रहेका सैनिकले स्वागत गरेका थिए ।

उनीहरुलाई स्वागत गरि नुवाकोटको जवरजंग गणले निशान र झण्डा बुझेको थियो । एकीकरण अभियानमा सहसेनानी सरोज खड्काको नेतृत्वमा ४० जना सैनिक टुकुडि सहभागि भएका थिए । एकीकरण अभियानलाई स्वागत गर्न नेपाल भुतपुर्व सैनिक संघ नुवाकोटका पदाधिकारी र भुपु सैनिक सहकारी संघ नुवाकोटका पदाधिकारी समेत विदुर नगरपालिका वडा नम्ब १३ कागुनेमा पुगेको थियो । एकीकरण अभियानमा आएका सैनिकहरुलाई नेपाल भुतपुर्व सैनिक संघ नुवाकोटका पदाधिकारी र भुपु सैनिक सहकारी संघ नुवाकोटका पदाधिकारीको टोलीले खाजा र नास्ताको व्यवस्था गरेको भुतपुर्व सैनिक संघ नुवाकोटका सचिव राजकुमार आचार्यले जानकारी दिए ।

Advertisement

कार्यक्रममा भुतपुर्व सैनिक संघ नुवाकोटका अध्यक्ष गगनसिंह गुरुङसहितका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया