नुवाकोटमा साढे ८ हजार जनाको पिसिआर परिक्षण

विदुर खबर २०७७ पुष २२ गते २०:४०

नुवाकोट । नुवाकोटमा झण्डै साढे ८ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको पिसिआर परिक्षण गरिएसँगै जिल्लाका ८ हजार ६ सय २९ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनालले जानकारी दिए । परिक्षण गरिएकामध्ये ६ हजार २ सय ८४ जना पुरुष र २ हजार ३ सय ४५ महिला रहेका छन् ।

परिक्षण गरिएकामध्ये एकहजार ३४ जनाको पिसिआर पोजेटिभ देखिएको छ भने ७ हजार ५ सय ९५ जनाको पिसिआर रिर्पाट नेगेटिभ देखिएको कार्यालयका सुचना अधिकार िउत्तम खनालले जानकारी दिए । नुवाकोटका भेटिउका संक्रमितमध्ये ७ सय ३ जना पुरुष र ३ सय ३१ जना महिला रहेका छन् ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित भेटिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । २४ घण्टामा भेटिएका संक्रमितहरु सबै विदुर नगरपालिकाका पुरुषहरु रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको खनालले जानकारी दिए । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । उनीहरु सबै होमआइसोलेसनमा उपचाररत रहेको उनले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित निको भएर घर फर्किएको कार्यालयको भनाई रहेको छ । हालसम्म नुवाकोटमा ९ सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा हालसम्म एक महिलाको कोरोनाको कारण ज्यान गएको छ ।

प्रतिक्रिया