नुवाकोटका ९ सय ३१ जना कोरोनामुत्त भएर घर फर्किए
विदुर खबर
२०७७ पुष २० गते ९:२५

नुवाकोट । नुवाकोटका ९ सय ३१ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एक हजार २९ जना कोरोना संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या ९ सय ३१ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनुसार जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । उनीहरुसबै होमआइसोलेसनमा उपचार गरिरहेको खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म ८ हजार ५ सय ७३ जनाको पिसिआर परिक्षण गरिएकोमा ७ हजार ५ सय ४४ जनाको रिर्पाेट नेगेटिभ आएको थियो । नुवाकोटमा कोरोनाको कारण अहिलेसम्म एक जनाको ज्यान गएको छ ।
सम्बन्धित
प्रतिक्रिया