आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको संभावना
विदुर खबर
२०७७ पुष २० गते ८:५२
नुवाकोट । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।
दार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू-भागमा हिमपात भएको छ । यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात हुँदा घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ ।
हिमपातका कारण चिसो बढेपछि बाहिर निस्कन र दैनिक कामकाज गर्न समेत नसकेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो।हिमपातका कारण दार्चुलाको सञ्चार सेवा समेत बन्द भएको छ । घाम नलाग्दा सौर्य उर्जाबाट सञ्चालित टावरमा ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया