नुवाकोटका जितु मिजारद्धारा सहयोगको अपिल

विदुर खबर २०७७ पुष १८ गते १७:२५

                                                                           ट्रमा सेन्टरमा उपचाररत जितु मिजार ।

नुवाकोट । मोटरसाईकल र्दुघटनामा परि घाईते भएका नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का २१ वर्षिय जितु मिजारले सहयोगको अपिल गरेका छन् ।

Advertisement

२०७६ माघ २८ गते मोटरसाईकल दुर्घटनापरि त्यही समयदेखि काठमाण्डौको ट्रमा सेन्टरमा उपचाररत उनको पेटको अप्रेसन ६ पटक तथा १ पटक हातको शल्यक्रिया भएको र पुनः शल्यक्रिया गर्न वाँकि रहेको अवस्थामा २५ लाख भन्दा बढी खर्च भएकोले आर्थिक अभावका कारण उपचार गर्न नसकेकोले उनले सबैसँग सहयोग मागेका हुन् । उपचार गर्नको लागि आर्थिक अभाव भई परिवारवाट कहिकतैबाट पनि ब्यवस्थापन गर्न नसकिने अवस्था भएकोले जीवन रक्षाको लागि सहयोग गरिदिन उनले सबैमा अनुरोध गरेका छन् ।

उनलाई सहयोग गर्न चाहानेले ग्लोबल आइएमई बैंकमा रहेको भक्ति मिजारको खाता नम्बर ०२०७०१००१९२३९मा पैसा जम्मा गर्न सकिने उनका आफन्तले जनाएका छन् ।

Advertisement

यसैविच जितु मिजारको सहयोगको लागि सामाजिक संजाल फेसबुकमा आर्थिक सहयोग अभियान शुरु भएको छ । सामाजिक संजाल फेसबुकमा मछिन्द्र प्याकुरेलले जितु मिजार सहयोग अभियान शुरु गरेका छन् । अभियान शुरु भएको दिनमै ५० हजार रुपैयाभन्दा बढी आर्थिक सहयोग जुटिसकेको प्याकुरेलले जानकारी दिए ।

उनले यसअघि पनि सामाजिक संजाल फेसबुकबाटै  आर्थिक अवस्था कमजोर भएका हरुलाई उपचार रकम संकलन , रगत व्यवस्थापन तथा लकडाउनमा आर्थिक अवस्था कमजोर भएका हरुलाई घर घरैमा पुगी खाध्यान्न लगायत राहत वितरण तथा दैविक प्रकोपमा परेकाहरुलाइ राहत वितरण गरेका थिए ।

Advertisement

प्रतिक्रिया