क्यान नुवाकोटको संयोजकमा पवन नेपाल

विदुर खबर २०७७ पुष १८ गते १६:३३

नुवाकोट । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) नुवाकोटको संयोजकमा पवन नेपाल चयन भएका छन् ।

Advertisement

शनिवार विदुरमा सम्पन्न भएको प्रथम भेलाले पवन नेपाललाई संयोजकमा चयन गरेको हो । क्यानका केन्द्रिय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले ५ सदस्यीय कार्यसमिति चयन गरेको संघका नवनिर्वाचित अध्यक्ष पवन नेपालले जानकारी दिए ।
यस्तै समितिका सदस्यहरुमा लिडर श्रेष्ठ, नारायणकुमार घले, दिलिपकुमार शाक्य र मनिसकुमार शाह चयन गरेको छ ।

समितिले आगामी तीन महिनाभित्र नयाँ सदस्यहरु थपेर अधिवेशन गर्ने संघका सदस्य लिडर श्रेष्ठले बताए ।

Advertisement

प्रतिक्रिया