नुवाकोटका सबै स्थानिय तहमा प्रचण्ड-नेपाल समुहको भेला सम्पन्न
विदुर खबर
२०७७ पुष १७ गते १४:४५

नुवाकोट । प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समुहले नुवाकोटाको १२ वट्टै स्थानिय तहमा भेला सम्पन्न गरेको छ ।
भेलाले प्रधानमन्त्रि के.पी शर्मा ओलीले असंवैधानिक कदममार्फत संसद विघटन गरेको भन्दै विरोध गरेको छ । जिल्लाको सांगठानिक संरचनालाई आफ्नो पक्षमा पार्न र प्रतिनधिसभा विघटनविरुद्ध जनतम सिर्जना गर्ने उदेश्यले आयोजना गरिएको भेलामा आगामी दिनमा पार्टीको औपचारिक विभाजनपछिको पार्टीको सांगठनिक अवस्था मजबुत बनाउन चाल्नुपर्ने कदमहरुको बारेमा समेत छलफल भएको बताइएको छ ।
नुवाकोटमा प्रचण्ड- नेपाल समुहले प्रतिनिधिसभा विघटनपछि निरन्तर रुपमा विरोधका कार्यक्रमहरु संचालन गर्दे आएको छ भने यसका विरुद्ध विद्यार्थीहरुलाई विशेष रुपमा क्रियाशिल समेत बनाउँदै लगेको छ ।
सम्बन्धित
प्रतिक्रिया