नुवाकोटको तारकेश्वर ४ दर्शनटारमा अवैध रुपमा खोला दोहन तिव्र

फाईल फोटो ।
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ दर्शनटारमा अवैध रुपमा खोला दोहन शुरु भएको छ ।
दर्शनटारमा अवैध रुपमा खोला दोहन भएपनि प्रहरी र प्रशासनले ध्यान नदिँदा खोला दोहन तिव्र बनेको भन्र्दै स्थानियले असन्तुष्टि व्यत्त गरेका छन् । तारकेश्वर गाउँपालिकाले कोरोना महामारी अघिने टेन्डर आह्वान गरेर नै उत्खनन गर्न अनुमति दिएको थियो । तर सो स्थानमा मापदण्ड विपरित गएर डोजर,स्काभेटरले नदिको सम्पति उत्खनन तिव्र पारेको छ ।
सरकारले देशभरका अवैध क्रसर बन्द गराएपनि नुवाकोटको तारकेश्वर गाउँपालिकामा भने अवैध रुपमा क्रसर चलिरहेको छ । क्रसरकै कारण आफ्नो वस्ती बाढी र पहिरोको जोखिममा परेको स्थानियबासीले गुनासो गरेका छन् । स्थानिय दिपक घिमिरेका अनुसार दुईवर्षअघिदेखि दर्शनटारमा गाउँपालिकाका अध्यक्ष रमेश वस्तीको संलग्नतामा खोला दोहन गरेको बताएका छन । उनले क्रसरका कारण आफुहरुको वस्ती जोखिममा परेको विषयमा गाउँपालिका अध्यक्ष र क्रसरका ठेकेदारलाई जानकारी गराउँदा समेत वेवास्ता गरेको बताए ।
यस्तै नुवकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नुवाकोटमा असोजदेखि नै क्रसर उद्योग बन्द रहेको बताए । उनले क्रसर संचालनको सुचना आफुकहाँ नआएको तर आउने वित्तिकै बन्द गर्ने बताए । उनले अवैध रुपमा संचालन भएका क्रसरलाई बन्द गर्न आफुहरु प्रतिवद्ध रहेको छ । उनले सो स्थानमा उत्खनन भइरहेको भए तत्काल बन्द गर्ने बताए ।
यस्तै गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले दर्शनटारमा अहिले उत्खनन नभएको बताए । उनले सो स्थानमा भएको उत्खननलाई आफुले रोक्न आग्रह गरेको बताए । उनले ठेकेदारले बेइमानी गरेको भन्ने गुनासो आफुकहाँ पनि आएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया