नुवाकोटका १६ जना कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ पुष १६ गते १८:४२

नुवाकोट । नुवाकोटका आज १६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज १६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै नुवाकोटमा कोरोनाम्त्त भएर घर फर्कनेको संख्या ९ सय ८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित थपिएका ३ जनै विदुर नगरपालिकाका हुन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार २४ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय १५ पुगेको छ । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोटमा हालसम्म ८ हजार ५ सय ३२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया