नुवाकोटमा २ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ पुष १५ गते १४:४५

नुवाकोट । नुवाकोटमा थप २ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २३ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार भेटिएका संक्रमितमध्ये २ जना नै विदुर नगरपालिकाका पुरुष रहेका छन् । यससँगे विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ । यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार २१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३ जना कोरोना संक्रमित कोरो्नामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ सय ९२ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय २८ पुगेको छ । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

नुवाकोटमा हालसम्म ८ हजार ५ सय ४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अहिलेसम्म कोरोनाको कारण नुवाकोटमा एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया