विदुरमा ६ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ पुष १४ गते २१:१२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ सय ५ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ४ महिला र २ पुरुषसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार १९ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ३८ जनाको पिसिआर परिक्षण हुँदा ६ जनाको रिर्पाेट पोजेटिभ देखिएको हो भने ३२ जनाको रिर्पाेट नेगेटिभ देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लाका ८ सय ८९ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

Advertisement

हालसम्म नुवाकोटका ८ हजार ४ सय ८१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया