नुवाकोट सेवा समाज युएईद्धारा विरामी तथा असहाय व्यक्तिलाई आर्थिक सहयोग प्रदान

विदुर खबर २०७७ पुष १४ गते २०:४५

नुवाकोट । नुवाकोट सेवा समाज युएईले विरामी तथा असहाय व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

Advertisement

मंगलवार विदुरमा आयोजित एक कार्यक्रमको आयोजना गर्दे नुवाकोट सेवा समाज युएईका संस्थापक सचिव सचेत तामाङ र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले कलेजो रोगबाट पिडित शिवपुरी गाँउपालिकाको वडा नम्बर ८ घर भई हाल भारतमा उपचाररत मधुसुदन डंगोलका परिवार र बेलकोटगढी नगरपालिका वडा नम्बर ६ भंगेरीका अविभावक गुमाएका बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।

कलेजो रोगबाट पिडित मधुसुदन डंगोललाई ३२ हजार रुपैयाँ र अभिभावकविहिन सरिता तामाङलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको नुवाकोट सेवा समाज युएईका संस्थापक सचिव सचेत तामाङले जानकारी दिए । उनले दुबईमा बसेर काम गरिरहेका नुवाकोटे

Advertisement

युवाहरुले चिया र खाजाको पैसा कटाएर सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिए । उनले विदेशमा बसेर जिल्लाबासीका लागि केही योगदान दिने अभिप्रायले नुवाकोट सेवा समाज युएई क्रियाशिल रहेको जानकारी दिए ।

प्रतिक्रिया