लोकतन्त्रको विकल्प कम्युनिष्ट हुन सक्दैन : नेता के.सी

विदुर खबर २०७७ पुष १३ गते १७:०४

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केशीले लोकतन्त्रको विकल्प कम्युनिष्ट हुनै नसक्ने बताएका छन् ।

Advertisement

सोमवार नुवाकोटको विदुरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दे नेता के.शीले नेकपाका अध्यक्षद्धय के.पी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डले एक अर्काेलाई लेखेको आरोप पत्र जनताले थाहा पाए नेपालका कम्युनिष्ट पार्टी आफै नाग्गिने बताए । उनले ईतिहासका हरेक कालखण्डमा भएको परिवर्तनमा कांग्रेसले नै निर्याणक भुमिका खेलेको भन्दै अब पनि आन्दोलन र संविधानको रक्ष ागर्न कांग्रेस आफै सक्षम रहेको बताए । नेता केशीले सरकारले चालेको कदमविरुद सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस कसैको पिछलग्गु भएर संघर्षमा नउत्रने भन्दै कांग्रेस आफै सक्षम रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले कांग्रेस नै लोकतन्त्र र संविधानको परिपुरक भएको भन्दै कांग्रेसले संविधानको लागि आन्दोलन गर्ने बताए । उनले कांग्रेसकै नेतृत्वमा सधै देशमा परिवर्तन भइरहेको भन्दै अवको आन्दोलनमा पनि आफुहरु नेतृत्व गर्न तयार रहेको बताए ।

Advertisement

यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केशीले प्रधानमन्त्रि के.पी शर्माले संविधानमार्फत होलि खेलेको बताए । उनले जनताको अधिकारमाथि धावा बोल्ने काम भएकोले आफुहरु आन्दोलनमा उत्रिएको बताए । कार्यक्रममा कांग्रेस नेता तथा

कार्यकर्ताहरुले प्रधानमन्त्रि के.पी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरि संविधानमाथि धावा बोलेको बताएका छन् ।

Advertisement

प्रतिक्रिया