लोकप्रिय सहकारीको आठौ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७७ पुष १३ गते १५:४०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

Advertisement

कोरोना भाइरसको कारण सहकारीले सामाजिक दुरी कायम गर्दै साधारणभा आईतवार र सोमवार गरि दुई दिन संचालन गरेको हो । सहकारीले ८ औ वार्षिक साधारणसभाको अवसर पारेर गतवर्ष संचालन भएको एसईई परिक्षामा उत्कृष्ट नतिजा हात पार्ने सहकारीका शेयरसदस्यका छोराछोरीलाई समेत सम्मान गरेको सहकारीका व्यवस्थापक राजकुमार पौडेलले जानकारी दिए ।

सहकारीले कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनको समय समेत लक्ष्य अनुसारको प्रगति हासिल गरेको उनको भनाई रहेको छ ।

Advertisement

प्रतिक्रिया