नेविसंघद्धारा नुवाकोटमा मसाल जुलुसहित प्रधानमन्त्रिको पुत्ला दोहन

विदुर खबर २०७७ पुष १२ गते १८:४४

नुवाकोट । नेपाल विद्यार्थी संघ(नेविसंघ) नुवाकोटले प्रधानमन्त्रि के.पी शर्मा ओलिको पुत्लादोहन गरेको छ ।

Advertisement

नेपाली काग्रेंस केन्द्रिय समितिद्वारा घोषित विरोध कार्यक्रम अन्र्तरगत भोली हुने क्षेत्रिय कार्यसमितिको कार्यक्रमको पुर्व सन्ध्यामा नेपाल विध्यार्थी संघले विदुरमा मसाल जुलुससहित प्रधानमन्त्रिको पुत्लादोहन गरेको हो ।

बट्टार क्याम्पसबाट मसाल जुलुससहित निस्केका विद्यार्थीहरुको मसाल जुलुस बट्टार चोकमा पुगेर कोणसभामा पुगेको थियो । कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ गिता अमात्यले सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा जनताहरु सडकमा आउनु परेको बताइन् । उनले प्रधानमन्त्रि के.पी शर्मा ओली संविधान विपरित काम गरेको भन्दै सबै जनता एकजुट भएर त्यसको विरोध गर्नुपर्ने बताइन् ।

Advertisement

प्रहरीको बाक्लो उपस्थितमाझ समेत प्रर्दशनकारीहरुले प्रधानमन्त्रिको् पुत्ला जलाएका थिए ।

प्रतिक्रिया