नुवाकोटमा प्रचण्ड-माधव समुहको जिल्ला भेला शुरु

विदुर खबर २०७७ पुष १२ गते १७:५७

नुवाकोट । नुवाकोटमा प्रचण्ड -माधव नेपाल निकट जिल्ला कमिटिहरुको जिल्ला भेला शुरु भएको छ ।

Advertisement

भेलामा प्रचण्ड माधव समुहका जिल्ला कमिटि सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलालाई सँम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य हितबहादुर तामाडले प्रधानमनित्र के.पी शर्मा ओलिले संविधानको चिरहण गरेको आरोप लगाएका छन् । तामाडले पार्र्टी एकतालाई समयकै टुड्ग्याउनुभन्दा यो वा त्यो मानेमा आलटाल गर्दे आएको बताए ।

यस्तै कार्यक्रममा नेकपाका अर्काे केन्द्रिय सदस्य वेदुराम भुसालले जनताको प्रधान्मत्रिले जनताको अधिकारलाई कुल्चिने काम गरेको बताए । उनले प्रधानमन्त्रिले जनताको अधिकारलाई धावा बोलेको भन्दै आफुहरु जनताको अधिकारीको लागि सडकमा उत्रेको बताए ।

Advertisement

यस्तै कार्यक्रममा उपस्थिति भएकाहरुले नेताहरुले केपी ओलीको कार्यशैली र गतिविधि देशको संविधानविरुद्ध केन्द्रित भएकोले जनताहरु सडकमा उत्रनुको विकल्प नरहेको बताएका थिए । कार्यक्रममा जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया