नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ४२ पुग्यो

विदुर खबर २०७७ पुष १२ गते १७:२३

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ४२ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ५२ पुगेको हो । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको कार्यालयको भनाई रहेको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार १२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको पिसिआर परिक्षण हुँदा सबै जनाको रिर्पाेट नेगेटिभ आएको खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ११ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटका ८ सय ६९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लाका ८ हजार ४ सय ४२ जनाको पिसिआर परिक्षण हुँदा ७ हजार ४ सय ३० जनाको रिर्पाेट नेगेटिभ आएको छ ।

Advertisement

नुवाकोटमा अहिलेसम्म कोरोनाको कारण एक महिलाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया