आईएमई लाईफ ईन्स्योरेन्स नुवाकोट शाखाद्धारा अभिकर्ताहरुलाई तालिम

विदुर खबर २०७७ पुष ११ गते २०:५६

नुवाकोट । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नुवाकोट शाखाले आज एक कार्यक्रमको आयोजना गरि आफ्ना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ ।

Advertisement

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजिएम सुदिप रानाले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारी दिनुको साथसाथै जीवन बीमामा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा सहभागीहरुलाई स्पष्ट पार्दै सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरेका थिए । ।

यस्तै संस्थाका कोअडिनेटर राजेन्द्र पन्त र फाइनान्स अफिसर असिम ज्ञवालीले तालिममा विमा सम्बन्धी ज्ञान तथा महत्वको विषयमा प्रकाश पारेका थिए । उनीहरुले कम्पनीको विभिन्न विमा योजनाको बारेमा जानकारी दिँदै अभिकर्ताहरुलाई सहजीकरण गरेका थिए ।

Advertisement

तालिममा नुवाकोट शाखा कार्यालय प्रमुख सितााम पौडेलले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने बताएका थिए । कार्यक्रममा नुवाकोट शाखामा काम गरेर उत्कृष्ट हुन सफल पञ्चरत्न थापा तथा उत्कृष्ट अभिकर्ताको रुपमा देवप्रसाद घिमिरे,सावित्री रिजाल र विष्णुहरी रिमाल सत्यलाई सम्मान गरिएको थियो ।

बट्टारको दियालो गेष्टहाउसमा भएको तालिममा १७ जना एजेन्सी म्यानेजरसहित ४५ जनाभन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया