नुवाकोट जेसिसको अध्यक्षमा अञ्जली पाण्डे
विदुर खबर
२०७७ पुष ११ गते २०:२७

नुवाकोट । नुवाकोट जेसिसले नयाँ नेतृत्व पाएको छ ।
शनिवार विदुरमा भएको जेसिसको ७ औ जिल्ला सभाबाट २०२१ वर्षको लागि अध्यक्षमा अञ्जली पाण्डे सहितको टोली निर्विरोध निर्वाचित भएको हो ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुजमान श्रेष्ठ र पूजा भण्डारी चयन भएका छन भने उपाध्यक्षमा क्रमश अरुणराज पाठक,विनोद लामिछाने,सुमन भण्डारी र सरोज लामा निर्वाचित भएका छन् । यस्तै महासचिवमा सुरज शिलवाल र कोषाध्यक्षमा नमराज सुवेदी निर्वाचित भएको जेसिस नुवाकोटले जानकारी दिएको छ ।
यस्तै जेसिस नुवाकोटको कानुनी सल्लाहकारको जिम्मा दुर्गाराज पाठकलाई दिइएको छ । नुवाकोटमा सन २०१३ मा स्थापना भएको जेसिसले युवाहरुको क्षमता र नेतृत्व विकासको काम गर्दै आएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया