ग्लोवल सहकारीको साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न
विदुर खबर
२०७७ पुष ११ गते १६:४२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको ग्लोवल उपभोक्ता सहकारी संस्थालिमिटेडको नवौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले आगामी तिन वर्षका लागि सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पवन नेपाल, विष्णुहरी अर्याल र देवनारायण चित्रकारलाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुदर्शनमान दुवाल, रघुनाथ रिमाल, उसनमान श्रेष्ठ, सर्जु श्रेष्ठ र राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।
यस्तै, अधिबेशनवाट सरोज डंगोलको संयोजकत्वमा शर्मिला डंगोल र भवानी भट्ट सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको निर्वाचन अधिकृत शिशिरकुमार लामिछानेले जानकारी दिए । साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य हरिकृष्ण श्रेष्ठले गर्नुभएको थियो । साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुप्रसाद रिमालले वार्षिक प्रतिवेदन तथा भावी योजना, कोषाध्यक्ष देवनारायण चित्रकारले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गजेन्द्र खड्काले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा हाल १ हजार ५ सय ८० जना सेयर सदस्यको १ करोड २४ लाख ३५ हजार नौ सय रुपैयाँ सेयरपुँजी रहेको प्रतिवेदनमा जनाईएको छ । संस्थाले गत आवमा ९ लाख ११ हजार २ सय ४१ रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष चित्रकारको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा संस्थाका सदस्य सुदर्शनमान दुवाल, पुरुषोत्तम सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया