नुवाकोटमा १२ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ पुष १० गते १४:२६

नुवाकोट । नुवाकोटमा आज १२ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २१ जनाको पिसिआर परिक्षण हुँदा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ९ महिला र ३ पुरुष रहेका छन् ।

संक्रमितमध्ये विदुर नगरपालिकाका ९ जना, बेलकोटगढी नगरपालिका, किस्पाड गाउँपालिका र तारकेश्वर गाउँपालिकामा समान एक एक जना रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ११ पुगेको छ । जिल्लामा रहेका संक्रमितमध्ये ६ सय ८९ जना पुरुष र ३ सय २२ जना महिला रहेका छन् । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ७० रहेको छ । उनीहरु होम आइसोलेसनमा उपचार गरिरहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

Advertisement

हालसम्म नुवाकोटमा ८ हजार ४ सय २२ जनाको पिसिआर परिक्षण हुँदा ७ हजार ४ सय ११ जनाको रिर्पाेट नेगेटिभ आएको थियो । कोरोना भाइरसका कारण नुवाकोटमा अहिलेसम्म एक जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया