कांग्रेसद्वारा देशभर आन्दोलनको घोषणा, पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय
नुवाकोट । नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेकाले विरोध प्रदर्शन कार्यक्रम घोषणा गरिएको बताउनुभयो । संसद् विघटनपछि कांग्रेसले अलमलमा पर्न नहुने केन्द्रीय सदस्यहरुको सुझावको आधारमा बैठकले सरकारको विरुद्ध सशक्तरुपमा देशव्यापीरुपमा आन्दोलनमा जाने निर्णय लिएको छ ।
कांग्रेस वरिष्ठ नेता पौडल पक्षको तत्काल सडक संघर्षमा जानुपर्ने दबाबमा सभापति शेरबहादुर देउवा सहमत हुँदै आन्दोलनको घोषणा गरिएको बताइएको छ । बिहीबार बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नुपर्ने निष्कर्ष निकाल्दै सोहीअनुसार बैठकमा प्रस्तुत भएको थियो ।
यसैबीच जनता समाजवादी पार्टीले संसद् विघटन नभएको भन्दै बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । बिहीबार जसपाका नेताहरुले सभामुख सापकोटालाई भेटी प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानले नदिएको र संसद् जीवित रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।
जनता समाजवादीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सभामुखलाई सार्वभौम संसद् बोलाउन आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार जवाफमा सभामुख सापकोटाले सबै दलसँग आफ्नो भूमिकाबारे छलफल गर्ने बताउनुभएको थियो । सभामुखलाई भेट्न जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव सिंहदबार जानुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया