नेपाली कांग्रेस नुवाकोटद्धारा बृद्दि गरिएको कर तत्काल फिर्ता लिन विदुर र बेलकोटगढी नगरपालिकालाई एकहप्ते अल्टिमेटम, साबिकको कर लिन माग
विदुर÷ नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आइतबार बसेको बैठकले नुवाकोटको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई बढाइएको स्थानिय कर तत्काल फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको छ ।
नुवाकोटको विदुरमा बसेको बैठकले काँग्रेसको तर्फबाट निर्बाचित गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्षहरुलाई आ.ब.२०७५÷०७६ को लागि वृद्धि गरिएको करले जनताको ढाड सेकिएको भन्दै तत्काल लागु नगर्न आग्रह गरेको छ । साथै बैठकले विशेषगरि विदुर र बेलकोटगढी नगरपालिकाले लिएको कर नितिको विरोध गर्न र नगरपालिकालाई करको विषयमा असहयोग गर्न आग्रह गरिएको नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले विदुर खबरलाई बताए ।
नेपाली कांग्रेस नुवाकोटले नागरिकमाथि स्थानिय तहले वृदि गरेको कर अवैज्ञानिक र जनतालाई थला पार्ने भएको भन्दै साविकको कर लागु गर्न माग गरेको छ । कांग्रेसले बिदुर र बेल्कोटगढी नगरपालिकाले आ.ब.२०७५÷०७६मा एकसयदेखि एकहजार प्रतिशतसम्मम्म बृद्दि गरेको कर एकहप्तासम्म फिर्ता नलिए सशत्त विरोधका कार्यक्रम गर्ने नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
यसअघि नगरपालिकाले बढाएको करको विषयमा विदुर नगरपालिका वडा नं ५ का स्थानियवासीले समेत विरोध जनाइसकेका छन । यो सँगै विदुर नगरपालिका केही महिना अघि बसेको नगरसभाबाट पास भएको भनिएको एकीकृत सम्पत्ति कर घटाउन दबाबमा परेको छ । एमाले निकटका केही वडाध्यक्ष समेतले नगरपालिकाले बढाएको एकीकृत सम्पत्ति करको विरोध जनाएकोले विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित दबाबमा परेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया