नेकपामा दुवै समूह आक्रामक,मदन भण्डारीलाई सम्झिँदै प्रचण्ड–नेपाल बल्खुमा

विदुर खबर २०७७ पुष १० गते ८:३४

नुवाकोट । प्रतिनिधिसभा संसद् विघटन भएसँगै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टीभित्र दुवै समूहले आक्रामकरुपमा भेला र प्रशिक्षण अगाडि बढेका छन् ।

Advertisement

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले भेलाको कार्यक्रमलाई तीव्रता दिएको हो । पार्टीको वैधताको विषय निर्वाचन आयोगमा पुगेसँगै दुवै समूहले भेला र प्रशिक्षण कार्यक्रम तय गरेर सात प्रदेशमा दौडिएका छन् । ओली समूहले सातै प्रदेशमा भेला कार्यक्रम सञ्चालन गरिसकेको छ भने प्रचण्ड–नेपाल समूहले संसद् विघटनको विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै भेला र प्रशिक्षण एकसाथ अगाडि बढाउने निर्णय लिएको छ ।

पार्टीको वैधानिकताको विषय निर्वाचनमा आयोगमा पुगेपछि बुधबार दुवै समूहको केन्द्रीय कमिटीको बैठक बसेको हो । ओली समूहको केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र प्रचण्ड–नेपाल समूहको भेला वबरमहलस्थित कार्की बैंक्वटमा सम्पन्न भएको छ । दुवै समूहले एक पक्षले अर्को पक्षमाथि आरोप प्रत्यारोपको शृंखला पनि एकसाथ अगाडि बढेको छ ।

Advertisement

संसद् विघटनको विरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस हुनेछ । ओली समूहले सरकारले गरेको निर्णय सर्वोच्च अदालतले सदर गर्ने बताएको छ भने प्रचण्ड–नेपाल पक्षले असंवैधानिकरुपमा गरिएको संसद् विघटनको निर्णय सर्वोच्च अदालतले बदर गर्ने दाबी गर्दै आएको छ । निर्वाचन आयोगमा वैधानिकताको मुद्दा र सर्वोच्च अदालतमा परेको रिटको फैसलाको प्रतीक्षामा दुवै समूह बसेका छन् ।

 

Advertisement

प्रतिक्रिया